२४ जेष्ठ २०८३, आइतबार

क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा

10.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ ।

‘सम्मानित उच्च अदालत पाटनको मिति २०८० जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौ ।’ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले एक प्रेस रिलिज जारी गर्दै भन्नुभएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान लामिछानेले बलात्कार मुद्दामा आज उच्च अदालत पाटनबाट सफाइ पाउनुभएको थियो ।