१९ असार २०८३, शुक्रबार

निर्वाचन भएको २ वर्षपछि व्यास नगरपालिकाको पुनः मतगणना हुने

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २ जेठ । निर्वाचन भएको दुई वर्षपछि तनहुँको व्यास नगरपालिका प्रमुखको पुनः मत गणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले पुनः मतगणना गर्न आदेश दिएको हो ।

२०७९ वैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्धा दर्ता गराउनुभएको थियो ।

त्यस नगरपालिकामा नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपाने २ सय ५२ मतान्तरले विजयी हुनुभएको थियो । न्यौपानेले १२ हजार ७८ र पराजित जोशीले ११ हजार ८ सय २६ मत पाउनुभएको थियो ।