२१ असार २०८३, आइतबार

एमालेले बोलायो संसदीय दलको बैठक

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबार दिउँसो १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले बताउनुभयो ।

बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने बताइएको छ ।

संघीय संसद्का दुवै सदनमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण संसद्ले धन्यवाद प्रस्तावसमेत पारित गर्न पाएन ।

कांग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई छानबिनको दायरामा ल्याउनुपर्ने र त्यसकालागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले छानबिन समिति गठन गर्न आवश्यक नभएको भन्दै अडान लिँदै आउनुभएको छ ।