
काठमाडौं, १७ बैशाख । काठमाडौंबाट रामेछाप उडेको जहाजमा समस्या आएपछि काठमाडौं नै फिर्ता भएको छ ।
आज बिहान रामेछापको लागि उडेको सिता एयरको ९०६ उडान नम्बरको जहाजको हाइड्रोलिकमा समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको हो ।
आकस्मिक अवतरणपछि जहाजलाई धावनमार्गबाट तानेर पार्किङमा लगिएको थियो ।








प्रतिक्रिया