३ श्रावण २०८३, आइतबार

‘मैले सुहाङसँग सुटुक्क सोधेँ- कति भोटले जित्नुहुन्छ ?’

5.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १२ वैशाख । यही वैशाख १५ गते इलाम-२ हुने उपनिर्वाचनको अन्तिम चुनावी सभाको कार्यक्रममासँगै बस्नुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले उम्मेदवार सुहाङ नेम्वाङसँग कानेखुसी गर्नुभएको छ ।

कानेखुसीमा के कुरा भयो भन्नेबारे अध्यक्ष ओलीले आफ्नो फेसबुकमार्फत जानकारी गराउनुभएको छ ।

अध्यक्ष ओलीले लेख्नुभएको छ, ‘आज चुलाचुलीमा सुहाङको चुनावी कार्यक्रममा सहभागी भएको थिएँ । मैले सुहाङसँग सुटुक्क सोधेँ – कति भोटले जित्नुहुन्छ ? सुहाङको जवाफ थियो – त्यो त इलामेली जनतालाई सोध्नु पर्छ । जनतामाथि उहाँको विश्वास मलाई मन पर्‍यो ।’

यो पनि

इलामेली जनताले सुहाङ नेम्वाङलाई जिताउनेमा विश्वस्त छु : केपी ओली

सुवास नेम्वाङले देखाउनु भएको बाटोबाट कतै विचलित हुन्न : सुहाङ नेम्वाङ

सुहाङ नेम्वाङलाई अत्यधिक मतले विजयी गराऔँ : हरिबोल गजुरेल