सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

सुहाङ नेम्वाङलाई अत्यधिक मतले विजयी गराऔँ : हरिबोल गजुरेल

दैनिक नेपाल २०८१ वैशाख १२ गते १५:१३

इलाम, १२ वैशाख ।  नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले वामपन्थीहरूको एकतालाई नयाँ शिराबाट अघि बढाउन नेकपा (एमाले)का युवा उम्मेदवार सुहाङ नेम्वाङलाई इलाम-२ बाट अत्याधिक मतले जिताउनुपर्ने बताउनुभएको छ ।

बुधबार एमाले इलामले आयोजना गरेको चुनावी सभामा बोल्दै गजुरेलले नयाँ शिराबाट वामपन्थीहरूको एकताका लागि इलामले सन्देश दिनुपर्ने बताउनुभयो ।

उहाँले २०७४ को निर्वाचनमा वामपन्थीहरू गठबन्धन भएको र पछि गठबन्धन टुटेका कारण धेरै पीडाहरू भएको बताउनुभयो । ‘हामी इतिहासबाट पाठ सिकेर फेरि एक भएर आएका छौँ । वामपन्थीको हाम्रो एकताको सन्देश दिन सुहाङलाई अत्याधिक मतले जिताउनु पर्छ ।’ उहाँले भन्नुभयो ।

उहाँले इलाम वामपन्थीहरूको किल्ला भएको बताउँदै वामपन्थीहरुको किल्लाबाट एकताको सन्देश दिन आवश्यक रहेको बताउनुभयो ।

उहाँले संविधान निर्माणमा सुवास नेम्वाङको योगदानको चर्चा गर्दै उहाँले सुहाङको जित भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अत्याधिक बहुमतले जिताएर वामपन्थीहरुको एकताको सन्देश राष्ट्रलाई दिनुपर्छ । हिजो को को बाटा गल्ति भयो ? कमजोरीहरू के के भए केलाउँला ? तर अहिले सबै कुरा बिर्सिएर सुहाङलाई जिताएर नेपालमा मात्रै होइन विश्वभर वामपन्थी एकताको सन्देश दिनुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित