३१ असार २०८३, बुधबार

एकीकृत समाजवादी नवलपुरमा पहिरो, जिल्ला अध्यक्ष सहित दर्जनौं एमालेमा प्रवेश

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती, १५ फागुन। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने लहर देशैभर चलेको छ । यही क्रममा नवलपुरका जिल्ला कमिटीका अध्यक्षसहित सबै नेता–कार्यकर्ता आज नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

एमाले प्रवेश गर्नेमा नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष एवम गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य झविलाल राना, प्रदेश सचिवालय सदस्य दुर्गा भुर्तेल, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य खगराज कँडेल, जिल्ला उपाध्यक्ष एवं युवा संघ इन्चार्ज प्रेम पाण्डेसहितका प्रभावशाली नेताहरु रहनुभएको छ ।

यसैगरी जिल्ला कमिटी सदस्यहरु, युवा संघ जिल्ला अध्यक्ष, देवचुली नगर कमिटी, हुप्सेकोट गाँउ कमिटि अध्यक्षसहित सम्पुर्ण कमिटी नै एमालेमा फर्किनुभएको छ । त्यस्तै नेकपा माओवादीका जिल्ला सदस्य तुलसीराम अर्याल, डनु गिरी, टिकाराम पाण्डे, कावासोती १३ का अध्यक्ष जीवन सापकोटासहित एक दर्जन कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ ।

उहाँहरूलाई एमाले नवलपुर जिल्ला पाटी कार्यालयमा एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङल पार्टीमा स्वागत गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै उपमहासचिव पृथ्वीसुव्वा गुरुङले विगतमा बाटो विरायर गई अहिले आफ्नै घर फर्कि आएकोमा धन्यवाद व्यक्त गर्दै घर फर्किकाहरुलाई पार्टीले उचित जिम्मेवारी प्रदान गर्ने बताउनु भयो ।

कार्यक्रममा एमाले पालिटव्युरो सदस्य मना केसी, केन्द्रीय सदस्यद्वय कृष्ण पौडेल र तिलक महतसहित प्रदेश कमिटीका नेताहरुको उपस्थिती रहेको थियो ।