३१ जेष्ठ २०८३, आइतबार

भारती मानन्धरले गरिन् विष सेवन

8.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । नेपालगञ्जकी भारती मानन्धरले विष सेवन गर्नुभएको छ ।

गुण्डा नाइके रिगल भनिने योगराज ढकालको समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती मानन्धरले आज विष सेवन गर्नुभएको हो ।

उहाँको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था स्थिर रहेको बताइएको छ । थप अनुसन्धान भइरहेको बताइएको छ ।

पतिका हत्यारा रिगललाई राष्ट्रपतिले दिएको आममाफी विरूद्व भारती लड्नु भएको थियो । अन्तत:  सर्वोच्च अदालतले संविधान दिवसको अवसरमा राष्ट्रपतिले रिगललाई दिएको आममाफी बदर गरिदिएको थियो ।