२३ जेष्ठ २०८३, शनिबार

चितवनमा पारस शाहले स्कुल बसलाई पेस्तोल ताकेपछि…

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १५ फागुन । चितवनमा पूर्व युवराज पारस शाहको एक काण्डले अहिले चर्चा पाएको छ ।

पूर्व युवराज पारसले चितवनको एउटा स्कूल बसलाई पेस्तोल ताकेको आरोप विद्यार्थीका अभिभावकले लगाउनुभएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित गत साता ११ दिन परिवारसहित चितवनमा छुट्टि मनाउन पुग्नुभएको थियो ।

भरतपुरस्थित सनराइज इङ्गलिस बोर्डिङ स्कूलको बस गत बुधबार आफ्ना विद्यार्थी बोकेर घरघर पुर्‍याउन गइरहेका बेला पारसले पेस्तोल ताक्नुभएको अविभावकहरूले बताउनु भएको छ ।

विद्यार्थी झारेर बस मोडिन आँट्दा पछाडिबाट आएको कालो रंगको गाडीले हर्न बजाएको र गाडी घुमाउन अलिबेर लागेपछि एक व्यक्ति कारबाट झोक्किँदै बाहिर निस्किएर पेस्तोल ताकेको अविभावकको दावी छ ।

प्रत्यक्षदर्शीले पारसले नै पेस्तोल ताकेको दावी गरेका हुन् । यो घटनाको सम्बन्धमा चितवन प्रहरीले भने केही बोलेको छैन।