
काठमाडौं, १५ फागुन । भजन शिरोमणि भक्तराज आचार्यलाई नाट्य प्रज्ञा प्रतिष्ठानको प्रांगणमा श्रद्धाञ्जली दिइएको छ।
शिरोमणिलाई श्रद्वाञ्जली व्यक्त गर्न नेता, कलाकारदेखि सर्वसाधारणको घुईँचो लागेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, मन्त्रीहरू कलाकारहरू र सर्वसाधारणले नाट्य प्रज्ञा प्रतिष्ठानको प्रांगणमा पुगेर आचार्यप्रति श्रद्वाञ्जली व्यक्त गर्नुभएको हो ।





काठमाडौँ, १५ फागुन :
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परिसरमा मङ्गलबार गीत सङ्गीत क्षेत्रका व्यक्तिहरुका बीच अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको वरिष्ठ गायक तथा सङ्गीतकार स्व भक्तराज आचार्यको पार्थिब शरीर । प्रतिष्ठानकी कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी अन्तिम श्रद्धाञ्जली अर्पणको कार्यक्रम अहिले जारी छ । उहाँको सोमबार निधन भएको थियो । तस्वीर : नारायण ढुङ्गाना/ रासस

काठमाडौँ, १५ फागुन :
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा मङ्गलबार वरिष्ठ गायक तथा सङ्गीतकार स्व भक्तराज आचार्यप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै । अन्तिम संस्कार गर्नु अघि अहिले आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रतिष्ठानमा राखिएको छ । गीत सङ्गीत क्षेत्रका व्यक्ति तथा शुभेच्छुकहरुले उहाँको पार्थिब शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँको सोमबार निधन भएको थियो। तस्वीर : नारायण ढुङ्गाना/रासस









प्रतिक्रिया