
काठमाडौं, १५ फागुन । बाराको निजगढ नगरपालिका–७ मा रहेको वर्कशपमा शंकास्पद वस्तु विष्फोट हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
मृत्यु हुनेमा वर्कशप सञ्चालक ४५ वर्षीय रेशम मगर, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र र पर्साको वीरगञ्ज महानगरपालिका–९ बस्ने २० वर्षीय रितु रजत रहनुभएको छ ।
घाइतेमध्ये चारजनाको उपचार भइरहेको छ । जसमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइते हुनुहुनेमा निजगढ नगरपालिका– ५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापा, वीरगंज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोद देवान, विहार रामघडवा बस्ने २० वर्षीय अरविन साह गम्भीर घाइते हुनुहुन्छ ।
विष्फोटको घटनामा संलग्न रहेको आशंका प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बिहारको मोतिहारी बस्ने ४० वर्षीय राज भन्ने रमेश जैसवाल र निजगढ नगरपालिका–९ बस्ने २९ वर्षीय टीकाराम पाख्रिन हुनुहुन्छ ।








प्रतिक्रिया