१६ असार २०८३, मंगलबार

एमाले अध्यक्ष ओलीद्वारा भक्तराज आचार्यको निधनप्रति दु:ख व्यक्त

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्यको निधनप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

कालजयी गायक तथा संगीतकार आचार्यको निधनले आफू अत्यन्त दु:खी भएको अध्यक्ष ओलीले बताउनुभएको छ । उहाँले कालजयी भजन र गीतमार्फत उहाँ हाम्रो सम्झनामा अमर रहिरहनुहुने उल्लेख गर्नुभएको छ ।

अध्यक्ष ओलीले दिवंगत भजन शिरोमणिसँग तीन वर्ष अगाडिको भेट भएको स्मरणसमेत गर्नुभएको छ ।