७ असार २०८३, आइतबार

लघुवित्त पीडित संसद् प्रवेश : एसएसपी मैनालीको नेतृत्वमा छानबिन समिति गठन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । पूर्व झापादेखि पश्चिम कंचनपुरबाट आन्दोलनका लागि काठमाडौं आएका लघुवित्त पीडितहरू प्रहरीको निषेधित क्षेत्र तोड्दै सोमबार नयाँबानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् ।

न्यायका सडक प्रदर्शन गरिरहेका लघुवित्त पीडितहरु संसद् भवनप्रवेश गरेपछि प्रहरीले चार दर्जन बढीलाई नियन्त्रणमा लिएको छ ।
संसद् भवनप्रवेश गर्ने ४८ महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । उक्त घटनाबारे छानबिन गर्न समितिसमेत गठन गरिएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यालयका एसएसपी दिनेश मैनाली नेतृत्वको समिति बनाएको हो ।

समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयकै डीएसपी दिनेश घिमिरे सदस्य रहनुभएको छ । यसरी संसद भवनभित्रै लघुवित्त पीडितहरु प्रवेश गरेपछि प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।