३१ असार २०८३, बुधबार

बालकुमारी घटना सम्बन्धी प्रतिवेदन अध्ययन गरी सुझाव दिने जिम्मा मन्त्री गुरुङ र बस्नेतलाई

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । सरकारले बालकुमारी घटनामा दुई युवाको ज्यान जाने गरी भएको घटनाको प्रतिवेदनको अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुनमन्त्री धनराज गुरुङ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई फागुन २० गतेभित्र प्रतिवेदनको अध्ययन गरी सरकारलाई सिफारिस गर्ने जिम्मेवारी दिएको सरकारकी प्रवक्ता एवं सूचना तथा संचार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँझबुझ आयोगले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका कारण घटना घटेको उल्लेख छ ।