
काठमाडौं, १४ फागुन । निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’ निर्वाचन हुँदैछ । जसका लागि आयोगले कार्यतालिका स्वीकृत गरिएको हो ।
कार्यतालिका अनुसार, यही फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक, आउँदो चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यस्तै, दल दर्ताका निम्ति फागुन २४ देखि ३० गतेसम्मको म्याद दिईने बताइएको छ । चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ ।
चैत २४ देखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिनेछ । चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । चैत २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।









प्रतिक्रिया