
काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियारले डामेको र आयोगले पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाउन आग्रह गर्नुभएको छ ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले संसदमा दोहोरी चलिरहने हो भने मूल विषयपनि छाँयामा पर्ने अवस्था रहेको भन्दै अख्तियारले डामेका, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेका झन्डावालाको झन्डा छोपेर घरपठाउन आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘विगत केही दिनदेखि संसदमा दोहोरी चलिरहेको छ ।यही पाराले न संसद् राम्ररी चल्नेभयो । मूल विषय पनि छायामा पर्नेभयो । अब यसो गर्न लगाऔँ । आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तियारले डामेको,आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऔँ ।’
उहाँले सहकारी ठग्ने र दुईचार थान नागरिकता राख्नेलाई पनि संसदमा राखेर होइन् घरै पठाइदिएर अनुसन्धान गर्न लगाउनुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो,‘ अनि सहकारी ठग्ने र दुई/चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन् घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔं । यति गर्न सके निर्दोष भए फर्किएर आउनुहोला । फूलमाला लगाएर स्वागत पनि गरौंला । दोषी भए दण्ड व्यर्होनु होला ।’








प्रतिक्रिया