
काठमाडौं, १३ फागुन । नेकपा (एमाले) केन्द्रीय पार्टी स्कुलद्वारा जनसंगठनका नेताकार्यकर्तालाई प्रशिक्षित गर्ने सिलसिलामा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनका पदाधिकारी तथा सदस्यहरूका लागि सञ्चालित तीनदिने प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ ।
पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा गत शुक्रबारदेखि शुरु भएको प्रशिक्षणमा पार्टीका महासचिव शंकर पोखरेल, उपमहासचिव तथा केन्द्रीय पार्टी स्कुल विभागका प्रमुख प्रदीप ज्ञवाली, केन्द्रीय सदस्यहरू रचना खड्का, कपिल पोखरेल, पार्टी स्कुल विभाग सचिव घनश्याम कोइराला, सदस्य तथा विषयविज्ञहरूले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणमा संगठनका पदाधिकारी तथा सदस्यहरू गरी ४२ जनाको सहभागिता रहेको थियो । प्रशिक्षणमा सहभागीहरूलाई प्रशिक्षण अघि र पछि गरी दुईपटक परीक्षा लिई प्रशिक्षणबाट प्राप्त गरेको ज्ञान र उपलब्धिका बारेमा जानकारी लिने विधि अपनाइएको थियो ।
आज भएको प्रशिक्षण समापन कार्यक्रममा प्रशिक्षणमा सहभागीहरूलाई उपमहासचिव तथा पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रमाणपत्र प्रदान गर्नुभयो ।
उपमहासचिव ज्ञवालीले प्रशिक्षणका अतिरिक्त सहभागीहरूले उठाएका विभिन्न जिज्ञाशाहरूका बारेमा प्रष्ट पार्नुभएको थियो ।












प्रतिक्रिया