
काठमाडौं, १३ फागुन । इलामा र बझाङमा आगामी बैशाख १५ गते उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर-१ को उपनिर्वाचन वैशाख १५ गते गर्ने निर्णय गरेको हो।
इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएयता उक्त पद रिक्त छ।
त्यस्तै, बझाङ प्रदेशसभा–१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको पनि निधन भएको थियो।








प्रतिक्रिया