२४ जेष्ठ २०८३, आइतबार

नैतिक पतन भएका मन्त्रीहरुलाई पदमा बस्ने अधिकार छैन् : पदम गिरी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं, १३ फागुन । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले बालकुमारी घटनामा दोषी देखाइएका यातायात तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषको जग्गा लिजमा दिने संस्कृती पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्नुभएको छ ।

आइतबारको प्रतिनिधी सभाको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक गिरीले प्रतिपिक्षी दलहरुले देशमा सुशासन कायम गर्न निरन्तर खबरदारी गरिरहेको भन्दै सरकार सुन्नका निम्ति तयार नरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘यो देशमा सुशासन कायम गर्नका लागि एमाले लगायत प्रतिपक्षी दलका नेताहरु संयमित भएर शिष्टतापूर्वक यो कुरा सदनमा उठाइरहेका छौं । तर, सरकार सुन्न तयार छैन् ।’

गिरीले प्रधानमन्त्रीले सिंगो सदनलाई जवाफ दिनुपर्ने भएपनि प्रधानमन्त्री भागेर हिंडिरहेको बताउनुभयो । सरकारले प्रतिपक्षीहरुलाई उत्तेजित पार्न खोजेको आरोप लगाउँदै नैतिक पतन भएका मन्त्रीहरुलाई पदमा बस्ने अधिकार नभएको उहाँले स्पष्ट पार्नुभयो । मिटरब्याजी पीडितहरु काठमाडौंको चिसोमा कठ्यांग्रिरहेको उल्लेख गर्दै प्रमुख सचेतक गिरीले गृहमन्त्रीको आफूले समाधान गरेको भन्ने अभिव्यक्ति मित्था भएको आरोप लगाउनुभयो ।

उहाँले अघि भन्नुभयो, ‘२५ दिनदेखि कञ्चनपुर र झापाबाट आएका मिटरब्याज पीडितहरु हिँडेर काठमाडौंमा आएका छन् । यहाँ चिसोले थुप्रै मान्छेहरु बिरामी भएका छन् । हिजो रोस्टममा गृहमन्त्रीज्यूले सबै समस्या समाधान गरे जसरी संसदमा प्रस्तुत हुनुभयो । माइतीघरमा गएर कोणसभा गर्नुभयो । यो समस्या समाधान गरें भन्नुभयो । तर समस्या समाधान गरेको हो भने किन पीडितहरु काठमाडौं आए ।’

त्यस्तै, प्रमुख सचेतकगिरीले पशुपालक किसानले पालेका पशुहरुमा लम्पीस्किन, खोरेतलगायतका कारण हजारौं पशु मर्दा किसानले क्षतिपुर्ति नपाएको बताउनुभयो ।