१५ असार २०८३, सोमबार

भक्तपुरबाट सम्पर्कविहीन ३३ वर्षीय पुरुषको दुई दिनपछि शव फेला

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । भक्तपुरबाट बेपत्ता एक ३३ वर्षीय पुरुषको दुई दिनपछि शव फेला परेको छ। तेह्रथुमको छथर गाउँपालिका–२ घर भई हाल भक्तपुरको सिपाडोल बस्ने ३३ वर्षीय गोपाल प्रसाद ढकालको शव फेला परेको हो।

उहाँ दुई दिनअघि भक्तपुरस्थित डेराबाट सम्पर्कविहीन हुनुभएको थियो । आज उहाँको शव भक्तपुर नगरपालिकाको ८ नम्बर वडा कार्यालय नजिकै फेला परेको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डीएसपी बसन्त पाठकका अनुसार ढकालको शव रोशन बस्नेतको दुईतले गोठको भुईं तलामा परालले छोपेको अवस्थामा फेला परेको छ। शरीरका विभिन्न भागमा चोटपटक लागेको र शरीर रक्ताम्य देखिएकाले उहाँको हत्या भएको हुनसक्ने प्रहरीको आशंका रहेको छ।

उहाँ यही फागुन ९ गते भक्तपुरस्थित डेराबाट तेल किन्न जान्छु भनी निस्किएकोमा घर नफर्किएपछि आफन्तले भोलिपल्ट प्रहरी वृत्त जगातीमा हुलियासहित निवेदन दिनुभएको थियो । त्यसपछि प्रहरी टोली उनको खोजीमा जुटेको थियो। प्रहरीले तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान थालिएको जनाएको छ।