२३ जेष्ठ २०८३, शनिबार

प्रधानमन्त्रीलाई नाकमा नत्थी लगाएर संसदमा ल्याउनुपर्ने परिस्थितिमा नपुर्‍याइयोस् : महेश बर्तौला

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री सांसदसँग भागिरहनुभएको बताउनुभएको छ ।

आजको प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्नुहुँदै एमाले सचेतक एवम् सांसद महेश बर्तौलाले प्रधानमन्त्रीलाई नथ्थी लगाएर संसदमा ल्याउने परिस्थिति नबनाउन चेतावनी दिनुभएको हो ।

आफूहरूले उठाएका ज्वलन्त विषयवस्तु र मुद्दाहरुलाई सम्बोधन गर्न उहाँले ध्यानाकर्षण गराउनुभयो ।

‘यदि सरकार प्रत्येक दिन संसदलाई छलेर भागिरहन्छ भने म विनम्रताका साथ आग्रह गर्न चाहन्छु, सरकार आज भाग्ला, ६ गतेदेखि भाग्दैछ, १० गते पनि भाग्यो, आज पनि भाग्यो, १३ गते भाग्ला, १४ गते भाग्ला, कति गतेसम्म भाग्दै जानुहोला, सम्माननीय प्रधानमन्त्रीज्यू, हामीसँग यति तागत छ कि नाकमा नत्थी लगाएर संसदमा ल्याउनुपर्ने परिस्थितिमा प्रमुख प्रतिपक्षी र प्रतिपक्षीहरुलाई नपुर्याइयोस्,’ उहाँले भन्नुभयो ।