२८ असार २०८३, आइतबार

मोरङको बुढीगंगामा लहरी पल्टिएर किच्दा तीनजना बालबालिकाको मृत्यु

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ११ फागुन । मोरङको बुढीगंगा गाउँपालिका-४ प्रगती टोलमा लहरी गाडी पल्टिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका-४ की ज्योति अधिकारीकी चार वर्षीया छोरी इसिता अधिकारी, चार वर्षीय छोरा निशान्त अधिकारी र ८ वर्षीया रिहा खवास रहनुभएको छ ।

आरजे २९जिबी १५६१ भारतीय नम्बर प्लेटको लहरी गाडी शुक्रबार बिहान दुर्घटना भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिनुभयो ।

ज्योति अधिकारीका छोरा र छोरी जुम्ल्याहा रहेको उहाँले बताउनुभयो । लहरी पल्टिँदा तीन जना बालाबलिकाको घटनास्थलमै मृत्यु भएको दाहालले बताउनुभयो । बिहान ७ बजे उद्योगतर्फ जाँदै गरेको लहरी दुर्घटना भएको थियो। उक्त लहरी ज्योतिको घरमा पल्टिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा क्रेनको सहयोगबाट शव निकाल्ने प्रयास भइरहेको छ। दुर्घटनामा ज्योति अधिकारी गम्भीर घाइते हुनुभएको छ ।