
काठमाडौं, १० फागुन । काठमाडौं जिल्ला अदालतको फैसलाविरूद्व क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन दिनुभएको छ ।
उहाँले आज उच्च अदालत पाटन पुगेर पुनरावेदन दिनुभएको हो । आफ्ना कानुन व्यवसायी सरोजकृष्ण घिमिरेको साथमा सन्दीप अदालत पुग्नुभएको थियो ।
काठमाडौं जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालतमा पुनरावेदन गरिएको अधिवक्ता घिमिरेले बताउनुभयो ।
काठमाडौं जिल्ला अदालतले लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्ष जेल सजायको फैसला गरेको थियो।
निवेदन दर्तापछि सन्दीपलाई चैत १२ गते पहिलो तारेखका लागि बोलाइएको छ ।








प्रतिक्रिया