
काठमाडौं, १० फागुन । आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाह पुन: नेकपा (एमाले) मै फर्किनुभएको छ ।
ललितपुरको च्यासलस्थित एमाले पार्टीको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकलाई केहीबेर रोकेर आयोजित पार्टी प्रवेश कार्यक्रममा कुशवाहालगायत आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्द कुमार यादव, सञ्जय कुमार शाहसँगै सरफलाल महतो, दीपक कुमार दुबे र सुरेन्द्र प्रसाद चौधरीलाई नेकपा एमालेमा स्वागत गरिएको हो ।
केही दिनअघि मात्र आम जनता पार्टीको केन्द्रीय उपमहासचिव पदमा निर्वाचित कुश्वाह यसअघि नेकपा एमालेको मधेस प्रदेश सदस्य रहनु भएको थियो ।
गत प्रतिनिधिसभाको चुनावमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य रहनुभएका प्रभु साहसहित पार्टी जिल्ला अध्यक्ष त्रिभुवन साह, कुन्दन कुशवाह लगायतले स्वतन्त्र उमेदवारी दिनुभएको थियो ।








प्रतिक्रिया