
काठमाडौं, १० फागुन । एमाले सांसद सूर्य थापाले रुस युक्रेन युद्धमा मारिएका तथा अवस्था अज्ञात रहेका नेपालीको आधिकारिक विवरण सरकारले अविलम्ब संसदमाजानकारी गराउनुपर्ने माग गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसद थापाले नेपालको परराष्ट्र नीति विरुद्ध रुस र युक्रेनमा नेपालीभर्ती हुने गरेको र त्यसलाई सरकारले रोक्न नसकेको बताउनुभयो ।
थापाले नेपालीहरु परराष्ट्र नीति विपरीत गएर रुसी सेनामा भर्ती भएको, धेरैले युद्धमा मृत्युवरण गरेको, कतिपय परिवार र आफन्तको सम्पर्कमा नआएको उल्लेख गर्दै त्यो रोक्ने सामर्थ्य सरकार सँग छ कि छैन ? भनेर प्रश्न गर्नुभयो ।
‘आफ्नो परराष्ट्र नीतिविपरित गएर रुस–युक्रेन सेनामाभर्ती भएका नागरिकलाई रोक्न सरकार अग्रसर हुन्छ कि हुँदैन ?’उहाँले प्रश्न गर्नुभयो ।
यस्तै उहाँले रुस–युक्रेन सेनामा भर्ती भएका नेपालीको संख्या तथा अवस्था अज्ञात भएका नेपालीको आधिकारीक जानकारी संसदमा सरकारले जतिसक्दो चाँदो गराउन पनि माग गर्नुभयो ।
उहाँले विद्यार्थी बनेर, मानव तस्करीको जालमा परेर वा रोजगारीको सिलसिलामा विभिन्न देश हुँदै रुस–युक्रेन पुगेर त्यहाँको सेनामा भाडामा भर्ती भएका नेपालीको संख्या, युद्धमा मारिएका तथा अज्ञात अवस्थामा रहेका नेपालीको अवस्थाबारे सरकारले उनीहरुको परिवारलाई जानकारी दिन नसक्नु लज्जाजनक भएको बताउनुभयो ।
उहाँले सरकार नै मानवतस्करसँग मिलेमतो गरेको होकि भन्दै शंका व्यक्त गर्नुभयो । ‘मानव तस्करहरुले युवाहरुलाई विदेशी युद्धरत मुलुकको सेनामा भाडाको सिपाइको रुपमा पठाउने तर सरकारले गम्भीरतापूर्वक कुटनीतिक पहल गरेर मृतकका परिवारलाई स्थिति समेत जानकारी दिननसक्ने लाचारी देखाउनु लज्जाजनकभएको छ ।’उनले थपे ‘कतै सरकार मानव तस्करसँगको मिलेमत्तोमा यसो गरिरहेको छैन ?सरकार किनअनधिकृत रुपमात्यहाँपुगेका नेपालीलाई फर्काउने कोसिस समेत गर्दैन ?’ थापाले प्रश्न गर्नुभयो ।
थापाले अवैध बाटो भएर रुसी सेनामा युवाहरु भाडाको सेनामा विमानस्थलकै व्यक्तिहरुको सेटिङमा भर्ती हुनजाने गरेको आरोप लगाउँदै रुस युक्रेनमा मारिएका, वेपत्ता बनेका तथा सेनामा भर्ती भएकाको यकिन विवरण सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो ।









प्रतिक्रिया