
काठमाडौं, १० फागुन । प्रतिनिधिसभाको बैठक स्थगि भएको छ । गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो।
बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले पेस गरेको विरोधको सूचना निर्णयार्थ पेस गर्नेक्रममा गणपूरक संख्या एकीन गरिएको थियो ।
सभामुख देवराज घिमिरेले सांसद सुवालले पेस गरेको विरोधको सूचना निर्णयार्थ पेस गर्न लाग्दा प्रमुख प्रतिपक्षी दल एमालेका सचेतक महेश बर्र्तौलाले गणपूरक संख्या एकीन गरेर निर्णयार्थ पेस गर्न माग गर्नुभयो । सोहीअनुसार सभामुख घिमिरेको निर्देशनमा तीन मिनेट घण्टी बजाएर उपस्थित सांसदको गणना गरियो ।
तर, कुनै पनि प्रस्ताव वा विधेयक निर्णयार्थ पेस गर्दा आवश्यक पर्ने एक तिहाइ सांसदको संख्या ६९ हुनुपर्नेमा ६५ जना मात्र सांसद उपस्थित भएपछि सभामुख घिमिरेले शुक्रबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गर्नुभएको हो।








प्रतिक्रिया