३१ जेष्ठ २०८३, आइतबार

राष्ट्रपति पञ्चकोट महायज्ञमा, जलसम्पदाको संरक्षणमा जोड

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १० फागुन । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धीधाम पञ्चकोटमा बुधबारदेखि शुरु भएको अनन्तश्री ब्रह्माण्डीय महायज्ञ कार्यक्रममा विहीबार बिहान सरिक हुनुभएको छ ।

राष्ट्रपति पौडेलले महायज्ञअन्तर्गत पञ्चकोटमा राखिएको पाँचहजार पाँच सय ५५ किलोको महाघण्टको एक समारोहकाबीच समुद्घाटन गर्नुभयो । विश्वमाशान्तिको सन्देश दिने अभिप्रायले देशदर्शन गरेर सो महाघण्ट पञ्कचकोटमा स्थापित गरिएको जनाइएको छ । उहाँले यज्ञ मण्डपको दर्शन र महायज्ञ सफलताको शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै राष्ट्रपति पौडेलले नेपालका नदीहरु पवित्र रहेको र महायज्ञले जल संम्पदालाई बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । मानव सभ्यताका लागि पानी अर्थात जलको महत्वपूर्ण भूमिका भएको भन्दै पानीका श्रोत संरक्षणमा उहाँले जोड दिनुभयो ।

राष्ट्र शान्ति, राष्ट्र उन्नती नेपालको जल र प्रकृतिको संरक्षणबाटै संभव छ, नदी सभ्यता जोगाएर धार्मिक पर्यटनमार्फत मुलुकको आर्थिक विकास गर्न सकिन्छ, विशेषत कालीगण्डकी नदीको सभ्यता र जलको संरक्षणमा ध्यानदिनु आवश्यक छ’, उहाँले भन्नुभयो ।

धौलागिरि क्षेत्रमा पछिल्लो समय पञ्चकोटको महत्व र महिमा बढेको उहाँले उल्लेख गर्नुभयो । ’धौलागिरि क्षेत्र तपोभूमि हो, मुक्तिक्षेत्र, दामोदर कुण्ड, गलेश्वरधामसंगै अहिले पञ्चकोटकोे नाम आइरहेको छ, म पहिला शालग्राम संग्रहालय आएको थियो । महायज्ञले धार्मिक प्रसार, जल संम्पदा, शालग्राम जोगाउन योगदान पुग्नेछ’ उहाँले भन्नुभयो ।

पञ्चकोटका संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमल नयनाचार्यको आह्वानमा सुरु भएको महायज्ञको मुक्तिनाथदेखि नवलपरासीको त्रिवेणीधामसम्मका एकसय आठ कन्याबाट महायज्ञ शुभारम्भ गरिएको हो । पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थलका रुपमाविकास गर्ने उद्येश्यले आयोजित महायज्ञ यहीफागुन २३ गतेसम्म चल्नेछ ।

महायज्ञका लागिदेशभरबाट साधुसन्तहरुको आगमनभएको र भारतलगायतका देशबाट आउनेक्रम जारी रहेको जनाइएको छ । विभिन्न संघ संस्थाको सहयोगमा महायज्ञमा पुग्ने भक्तजनहरुका लागि भोजन र बासको व्यवस्था गरिएको छ ।