२६ असार २०८३, शुक्रबार

‘म फरार भएको छैन’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन। करोडौं ठगेर फरार भएका भनिएका काठमाडौंको पुरानो बानेश्वरस्थित कात्यानी चोकमा अवस्थित एजुकेशन कन्सल्टेन्सी ‘क्यारियर कनेक्ट प्रालिका सञ्चालक प्रविणकुमार झाले आफूसँग सम्बन्धी समाचारको खण्डन गर्नुभएको छ ।

दैनिक नेपाल डटकमले गत मंसिर १३ गते प्रकाशित गरेको ‘क्यानडा पठाउने प्रलोभन देखाइ करोडौँ रकम ठगेर कन्सल्टेन्सी सञ्चालक फरार’ शीर्षकको समाचारको खण्डन गर्दै उहाँले आफू फरार नभएको र पीडितहरूको नै काम गरिरहेको बताउनुभएको हो ।

यसैबीच उहाँले रोजगारीका लागि पीडितहरूसँग आवेदन नलिइएको र जति आवेदन लिइएको छ क्यानडामा स्थायी बसोबास (पीआर) का लागि भएको पनि उहाँले स्पष्ट पार्नुभएको छ । भिसाका लागि आवश्यक स्कोर पुर्‍याउन टीएफडब्लूपीअन्तर्गत आवेदन अगाडि बढाइएको उहाँले बताउनुभएको छ ।

यस्तो छ, प्रविणकुमार झाको खण्डन