
काठमाडौं, ९ फागुन । कांग्रेस नेता गणेश लामाविरुद्ध प्रहरीमा उजुरी परेको छ। व्यवसायी ज्ञानेन्द्र खड्काको अपहरण गरेको आरोपमा उहाँविरूद्व प्रहरीमा उजुरी परेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंमा परेको जाहेरी निवेदनमाथि प्रारम्भिक अनुसन्धान गरेर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको जानकारी दिइएको छ ।
लामासहितको समूहले आफूलाई ललितपुरको ढोलाहिटीस्थित आदर्श टोलबाट अपहरण गरेको पीडित खड्काले जाहेरीमा उल्लेख गर्नुभएको छ ।








प्रतिक्रिया