२८ जेष्ठ २०८३, बिहिबार

काँग्रेस अब कसैको बैसाखी टेकेर हिँड्नुपर्ने हालतमा छ : केपी ओली

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस कसैको सहाराबिना हिँड्न नसक्ने अवस्थामा पुगेको बताउनुभएको छ ।

पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले काँग्रेस एमालेको डरले पनि एक्लै उभिन नसक्ने बताउनुभएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हेर्दा हेर्दा कांग्रेस साँच्चै बुढो भयो। त्यति साह्रो बुढो त हुन नपर्ने हो । तर, कांग्रेसभित्र धोत्रो पसेका, पात सुकेको बेहालै भो। अब कसैको बैसाखी टेकेर हात समातेर हिँड्नुपर्ने हालतमा छ। एक्लै एकछिन उभिन सक्दैन शेरबहादुरजीलाई गएर सोध्नुस् त ! कांग्रेस एक्लै एकछिन उभिन सक्छ भनेर। अरेबाबा सक्दैन एमालेले बर्बाद गर्छ भन्छन्।’