
काठमाडौं, ७ फागुन । नेकपा (एकीकृत समाजवादी) स्याङ्जा जिल्ला कमिटी नै नेकपा एमालेमा समाहित भएको छ ।
जिल्ला इन्चार्ज महेन्द्र थापा र जिल्ला अध्यक्ष रामचन्द्रभट्टराईसहित ४८ जना एमालेमा फर्किनुभएको हो । उहाँहरूलाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो ।
यस्तै, जिल्लास्थित सम्पूर्ण जनसंगठन र वडा कमिटीहरू पनि एमालेमा समायोजित हुने निर्णय भएको जानकारी दिइएको छ ।












प्रतिक्रिया