२१ असार २०८३, आइतबार

गगनलाई देउवाको जवाफ- भविष्यमा गठबन्धन गर्ने/नगर्ने निर्णय अहिले नै गर्नु उचित हुँदैन

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीमा सोमबारबाट महासमिति बैठक सुरु भएको हो ।

महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गर्ने सांगठनिक प्रतिवेदनमा समेटिएको गठबन्धनको विषयलाई लिएर सभापति शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

महामन्त्री थापाले तयार पारेको सांगठनिक प्रतिवेदनमा समेटिएको चुनावअघि गठबन्धन नगर्ने शब्द हटाउने प्रयास गरिरहेका सभापति देउवाले बैठकको उद्घाटनसत्रमै यसबारे धारणा राखेर आफ्नो असहमति देखाइसक्नुभएको छ ।

बैठक सुरु हुनुअघि सोमबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा सभापति देउवाले महामन्त्री थापासँग चुनावअघि गठबन्धन नगर्ने शब्द हटाउन आग्रह गर्नुभएको थियो । तर, महामन्त्री थापाले मान्नुभएन । फेरि छलफल गर्नेगरी बुढानीलकण्ठबाट बाहिरिएर नेताहरु गोदावरी पुग्नुभएको थियो ।

गोदावरी पुगेर महासमिति बैठकको उद्घाटनसत्रलाई सम्बोधन गर्दै सभापति देउवाले भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा तत्कालीन परिस्थितिले निर्धारण गर्ने भएकाले अहिले नै निर्णय लिनु उचित नहुने जवाफ महामन्त्री थापालाई दिनुभएको हो ।

गठबन्धनको निरन्तरता राजनीतिक जिम्मेवारी भएको भन्दै तत्कालीन परिस्थितिले गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा निर्धारण गर्ने उहाँको भनाइ छ । तर, अहिले नै यसबारे निर्णय लिनु उचित नहुने उहाँले स्पष्ट पार्नुभयो ।