८ असार २०८३, सोमबार

एकीकृत समाजवादीका स्याङ्जा अध्यक्ष भट्टराईसहित नेता-कार्यकर्ता एमालेमा प्रवेश

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । नेकपा (एकीकृत समाजवादी) का स्याङ्जा जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईसहितका नेता-कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

आज एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले भट्टराईसहित नेकपा एसका नेता कार्यकर्तालाई एमालेमा स्वागत गर्नुभएको हो ।

यसअघि एकीकृत समाजवादी तनहुँ जिल्ला इन्चार्ज प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठ पनि एमालेमा प्रवेश गर्नुभएको थियो ।

उहाँहरू पार्टी विभाजनअघि एमालेमै हुनुहुन्थ्यो ।