
काठमाडौं, ६ फागुन । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि पद रिक्त भएको थियो।









प्रतिक्रिया