१३ असार २०८३, शनिबार

रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यू जारी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । रौतहटको इशनाथ नगरपालिकामा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

इशनाथ नगरपालिका–७ मा सरस्वती पूजाको मूर्ति बिसर्जनका क्रममा शनिबार दिउँसो दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शनिबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गर्नुभएको छ । इशनाथ  नगरपालिकाको सीमा क्षेत्र पूर्वमा जोकहा खोला, पश्चिममा सानो जोकहा गाउँ, उत्तरमा रामपुरखापस्थित एपीएफको बोर्डर आउटपोस्ट र दक्षिणमा जयनगर प्रहरी चौकी रहेको क्षेत्रमा कर्फ्यू लगाइएको जिल्ला प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

कर्फ्यू लगाइएको क्षेत्रमा भेला हुन, हिँडडुल गर्न, जुलुस तथा र्‍याली निकाल्न बन्देज गरिएको आदेशमा उल्लेख छ । झडप भएको क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।