
काठमाडौं, ४ फागुन । बालकुमारी घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ ।
आयोगले आज उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो । दुई जनाको ज्यान जाने गरी भएको बालकुुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बढी दोषी रहेको आयोगको निष्कर्ष छ ।
आयोगले मन्त्री, उहाँका पीएसओ र अपरेसन कमाण्डर घटनामा मुख्य दोषी रहेका निष्कर्ष निकालेको हो । आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा आयोगले घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य मानिस सहित १६ जनाको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवम् अन्य समेत गरी २९ जनाको बयान गरेको जनाइएको छ।
कोरियन भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।








प्रतिक्रिया