५ असार २०८३, शुक्रबार

हिमचितुवाको आक्रमणबाट मुस्ताङमा ९ च्याङ्ग्रा मरे

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जोमसोम, २४ माघ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ घ्याकर गाउँमा हिमचितुवाले आक्रमण गर्दा ९ च्यांग्रा मरेका छन् ।

स्थानीय सन्दुक गुरुङको घर नजिकै रहेको च्यांग्रा गोठमा पसेर हिमचितुवाले ३६ वटा च्यांग्रामध्ये ९ वटा च्यांग्रा मारेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मध्यरातमा खोरभित्र पसेर हिमचितुवाले च्यांग्रा मारेको प्रहरीको भनाई छ ।

हिमचितुवाले ९ च्यांग्रा मारेको र ६ च्यांग्रा घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।