८ असार २०८३, सोमबार

खाना अड्किएर एक जनाको मृत्यु

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २४ माघ । चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहनुभएको छ ।

कुमाल आफ्नै घरमा खाना खाने क्रममा अड्किएर बेहोस हुनुभएको थियो । उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा राती पौने ९ बजे उहाँको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।