१२ असार २०८३, शुक्रबार

गैंडाको आक्रमणबाट एक जना घाइते

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी पूर्व, २३ माघ । नवलपरासी पूर्वको लोकाहामा गैंडाको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

देवचुली नगरपालिका वडा नम्बर १० लोकाहाको जंगलमा बाख्रा चराउन गएकी स्थानीय ६० वर्षकी ठगिसरा सुनारी मगर गैंडाको आक्रमणबाट घाइते हुनुभएको हो ।

उहाँको ढाड र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते ठगिसराको दल्दलेस्थित देवचुली अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।