१६ असार २०८३, मंगलबार

सामान्य विवादमा सहकर्मीको हत्या

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २० माघ । सामान्य विषयमा विवाद हुँदा झापामा सहकर्मीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बुद्धशान्ति गाउँपालिका-३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्दै आएका पाँचथर नागी गाउँपालिका-२ घर भएका ३५ वर्षीय विक्रम सेनेहाङ्को हत्या भएको हो । उनको हत्या अभियोगमा झापा शिवसताक्षी नगरपालिका-८ पोखरी टोल घर भई सोही ब्लक उद्योगमा काम गर्ने १९ वर्षीय मिलन पुरकोटीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

सामान्य विवादमा पुरकोटीले काठको मुङ्ग्रो र फलामको हम्मर प्रहार गर्दा विक्रम गम्भीर घाइते भएका थिए । उनको विएण्डसी अस्पताल बिर्तामोड हुँदै नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना लगत्तै प्रहरीले अभियुक्तलाई पक्राउ गरेर घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।