६ असार २०८३, शनिबार

काठमाडौंमा जुवातास खेलिरहेका ८ जना पक्राउ

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, २‍० माघ । काठमाडौंमा तास खेलिरहेका आठ जना पक्राउ परेका छन् । शुक्रबार दिउँसो प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

नागार्जुन नगरपालिका–३ स्थित सेभेन क्रस पोइन्ट खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

पक्राउ पर्नेमा नागार्जुन–३, सिंगल ट्रीका २६ वर्षीय रविन पुतुवारसहित आठ जना छन् ।

नगद एक लाख ३६ हजार ३० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।