२२ असार २०८३, सोमबार

भालुको आक्रमणबाट एक महिला घाइते

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, २० माघ । जंगलमा घाँस काट्न गएकी एक महिलालाई डोटीमा शनिबार दिउँसो भालुले आक्रमण गरी घाइते बनाएको छ ।

भालुको आक्रमणबाट आदर्श गाउँपालिका-२ कुचेडा बस्ने २४ वर्षीया देउसरा बोहरा घाइते भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी सिताराम विष्टका अनुसार भालुको आक्रमणबाट बोहराको बायाँ हात, दाहिने खुट्टा र कम्मरमा चोट लागेको छ ।

घाइते महिलालाई थप उपचारका लागि मौवा स्वास्थ्य चौकीबाट सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।