२२ जेष्ठ २०८३, शुक्रबार

सवारी दुर्घटनामा २ जनाको मृत्यु

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २० माघ । मोरङमा शनिबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

रंगेली नगरपालिका–३ रञ्जनीमा को १ त ८५७८ नम्बरको ट्याक्टरले माटो ओसार्ने क्रममा कामदार बिसन्दु मियाँलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी लेटाङ–२ मा को २७ प ३७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक लेटाङ–३ का २४ वर्षीय राजन राईको मृत्यु भएको छ ।

सिकिस्त घाइते भएका उनको उपचारको क्रममा विराट नर्सिङ होम विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।