५ श्रावण २०८३, मंगलबार

रौतहटमा सालको गोलियासहित तस्कर पक्राउ

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट २० माघ । रौतहटमा छुटाछुटै दुई स्थानबाट ४ वटा सालको गोलियासहित वन सुरक्षा टोलिले तस्करलाई पक्राउ गरेको छ ।

वृन्दावन र चेतनगर सबडिभिजन क्षेत्रको वनबाट लुकिछिपी कटान गरी ल्याइरहेको अवस्थामा चार थान साइकल, चार थान सालको गोलिया‚ एक थान मोटरसाइकलसहित तस्करलाई सुरक्षाटोलीले पक्राउ गरेको हो ।

सहायक वन अधिकृत अनिल महतोको कमाण्डमा गएको टोलीले काठ तस्कर गढीमाई नगरपालिका-९ का राकेशकुमार साहलाई पक्राउ गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताउनुभयो । साथै उनले प्रयोग गरेको बिआर ०६ बिके ५७६९ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रमुख मिश्रले जानकारी दिनुभयो ।

बरामद १८ क्युफिट काठ‚ साइकल, मोटरसाइकल वृन्दावन सबडिभिजन वन कार्यालयको नियन्त्रणमा रहेको छ । पक्राउ परेका काठ तस्कर राकेशलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुर पठाइएको बताइएको छ ।