
बुटवल, २० माघ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशको राजनीति धमिलिँदै गएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिता शुभारम्भ गर्दै पौडेलले देशको राजनीति धमिलो भएकै कारण देश ठिक ढंगले अघि बढ्न नसकेको बताउनुभएको हो । ‘देश धेरै अप्ठ्यारो अवस्थामा छ’, पौडेलले भन्नुभयो ।
उहाँका अनुसार राजनीति संग्लो नभएसम्म देश ठिक ढंगबाट अघि बढ्न सक्ने अवस्था छैन् । ‘जबसम्म राजनीति संग्लो हुँदैन, तबसम्म देश ठिक ढंगले अघि बढ्न सक्दैन्, अहिले देशको राजनीति बिग्रिरहेको छ’ पौडेलले भन्नुभयो ।
सरकारका काम कारबाहीले देश लथालिंग बन्दै गएको पौडेलले बताउनुभयो । देशलाई लयमा फर्काउन निक्कै चुनौती रहेको उहाँले जनाउनुभयो ।








प्रतिक्रिया