२६ असार २०८३, शुक्रबार

ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्डको रणनीति कांग्रेसमा प्रयोग भयो : नेता महर

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । नेपाली कांग्रेसका युवा नेता तथा पार्टी केन्द्रीय सदस्य नैनसिंह महरले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कांग्रेसको ढाडमा टेकेर टाउकोमा हिर्काउने रणनीति अनुसारको व्यवहार गर्न थालेको बताउनुभएको छ ।

नेपाली कांग्रेस चाँगुनारायण नगर प्रथम सम्मेलनको आज भक्तपुर दुवाकोटमा उद्घाटन गर्दै नेता महरले गठबन्धनको ठूलो दल नेपाली कांग्रेस भए पनि सरकारले जनपक्षिय काम गर्न नसक्दा आफ्नो असफलताको भारी कांग्रेसलाई बोक्न बाध्य पारेको बताउनुभएको हो ।

जनताका जनजिविकाका सवालहरु बिर्सिएको सरकार भ्रष्टिकरणतर्फ जान थालेको बताउँदै नेता महरले प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुले स्वंय कार्य सम्पादनमा सफलता प्राप्त गर्न नसकेको स्वीकार्न थालेकाले सरकार अकर्मण्यतार्फ उन्मुख भएको उहाँको टिप्पणी छ ।

सरकारले सुशासनका पक्षमा काम गर्न नसकेका कारण कांग्रेसको देश र जनता केन्द्रित मिसन असफल हुनेतर्फसमेत नेता महरले चिन्ता व्यक्त गर्नुभएको छ । कांग्रेसको सहारा लिएर कांग्रेसलाई असफल देखाउने प्रपञ्च सह्य नहुने भन्दै उहाँले प्रधानमन्त्री प्रचण्डलाई चेतावनी समेत दिनुभएको छ ।

कांग्रेसलाई असफलताबाट जोगाउन प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्नुपर्ने महरको भनाई थियो ।