२६ असार २०८३, शुक्रबार

सरकारका कारण देश संकटमा, सरकारको विकल्प खोज्ने बेला आयो : प्रदीप ज्ञवाली

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा , २० माघ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारका कारण देश बहुआयामिक संकटमा फस्दै गएको बताउनुभएको छ । देशलाई हरेक क्षेत्रबाट कमजोर बनाउने र देश जोखिमपूर्ण अवस्थामा रहेको भन्नुहुँदै उहाँले यो सरकार देशका लागि भारी भएको बताउनुभयो ।

शनिबार प्रेस चौतारी नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपमहासचिव ज्ञवालीले वर्तमान सरकार देश र जनतालाई कमजोर बनाएर उल्टो दिशामा हिँडेको बताउनुभयो । उहाँले अब सरकारको विकल्प खोज्ने बेला आएको समेत बताउनुभयो ।

नेता ज्ञवालीले देशमा मौलाउँदो गरेको बेतिथि एमालेले टुलुटुलु हेरेर नबस्ने र सरकार बदल्नु अब अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

उहाँले वर्तमान गठबन्धन सरकार देशमा समानान्तर अर्थतन्त्र चलाएर देशका हरेक क्षेत्र तहस नहस गराउन अग्रसर भएको बताउनुभयो । उहाँले देशमा बढ्दै गएको निराशाको कारण देशलाई थप बर्बाद हुन नदिन एमालेले सरकार बदल्न अब संसद मार्फत पहल सुरु गर्ने जानकारी दिनुभयो ।