१८ असार २०८३, बिहिबार

पिकअप भ्यान र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २० माघ । दाङमा पिकअप भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार राति लमही-भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ कमलरोड नजिक रोल्पादेखि घोराही जाँदै गरेको पिकअप भ्यान र पश्चिमदेखि पूर्व जाँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक राप्ती गाउँपालिका-८ पिपरी निवासी २७ वर्षीय सुनिल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गम्भिर अवस्थामा चौधरीलाई उपचारको लागी लमही अस्पताल लगिएको थियो । चिकित्सवकले मृत घोषणा गरेका थिए ।

पिकअप भ्यानका चालक शुद्वोधन गाउँपालिका-२ बस्ने आस्वीन सुनार पनि घाइते भएका छन् । उनको भैरहवामा उपचार भइरहेको छ ।

मृतक मोटरसाइकल चालकको शव लमही अस्पतालको शव गृहमा राखिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।