१४ असार २०८३, आइतबार

एमाले संसदीय दलको बैठक बस्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । नेकपा (एमाले) संसदीय दलको बैठक आज शनिबार बस्ने भएको छ ।

शनिबार मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा सुरु हुने बैठक आइतबार पनि बस्ने छ । आज र भोलि दुई दिन बस्ने बैठकमा आगामी संसद्मा एमालेले खेल्ने भूमिकाबारे बृहत रुपमा छलफल हुने सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

अबको संसद् कसरी प्रभावकारी बनाउने, सदनमा पार्टीका सांसदले कस्तो भूमिका निर्वाह गर्ने भन्नेलगायतका विविध विषयमा एमालेले छलफल गर्न लागेको हो ।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते दिउँसो ४ बजेका लागि आह्वान भएको छ । यही माघ २४ गते प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

त्यसअघि एमालेको संसदीय दलको बैठक बस्न लागेको हो ।