२४ असार २०८३, बुधबार

रास्वपा संसदीय दलको बैठक बस्दै, रविले सोधेका ३ प्रश्नबारे छलफल हुने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । आगामी सोमबारदेखि हिउँदे अधिवेशन बोलाइएकोमा त्यसको तयारीका लागि छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो ।

उहाँका अनुसार मुलतः बैठकमा चार वटा विषयहरूमाथि छलफल हुनेछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ ।

सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई हिउँदे अधिवेशनको तयारीका विषयमा तीन वटा प्रश्नहरू पठाउनुभएको थियो, सांसदहरूले ती प्रश्नको जवाफ समेत फर्काइसकेका छन् । शुक्रबारको बैठकमा ती प्रश्नका जवाफहरूमाथि छलफल हुने प्रमुख सचेतक परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार सभापति लामिछानेले तत्काल बन्नुपर्ने ४० कानूनहरुमध्ये सम्बन्धित समितिमा भइरहेको तयारी र छलफल, त्यसमा पार्टीका एजेण्डा समेटिए/नसमेटिएको अवस्था र आगामी अधिवेशनमा पार्टीले उठाउने मुद्दाका विषयमा प्रश्न सोध्नुभएको छ ।

बैठकले आगामी अधिवेशनका लागि सबै खाले तयारी गर्ने उहाँले बताउनुभयो ।